images
images

सिन्धुपाल्चोकमा बुहारीको कुटाईबाट ससुराको मृत्यु

  • १३ भाद्र २०७९, सोमबार १४:४९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बुहारीको कुटाईबाट ससुराको मृत्यु भएको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर १ गोवागाङका ८० वर्षिय कामीढिण्डु लामाको बुहारीको कुटाईबाट मृत्यु भएको हो । घरायसी विषयमा वादविवाद हुँदा लामालाई बुहारी रिता तमाङले काठको चिर्पटले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् । गम्भीर घाइते उनको स्थानिय स्वास्थ्य चौकी खार्चुङमा उपचारका क्रममा मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक डिएसपी शिव बुढाथोकीले जानकारी दिनुभयो । लामाको मृत्यु भएलगत्तै बुहारी तमाङलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।