काठमाडौँ । सुन आज ईतिहासकै सर्वाधिक महँगो भएको छ ।
सुनको मूल्यले आज ईतिहासकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो । सुनको भाउ आज १ लाख ५३ हजार दुईसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ८ सय रुपैयाँ बढेर सर्वाधिक महँगो बनेको सुनको भाउ आज पनि बढेको हो । हिजो सुनको मूल्य १ लाख ५३ हजार १ रुय रुपैयाँमा कारोवार भएको थियो ।
मंगलवार १ लाख ५२ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको थियो । हिजोभन्दा आज थप एक सय रुपैयाँ बढेर सुन हालसम्मकै सर्वाधिक महँगो बनेको हो । चाँदीको मूल्य भने आज घटेको छ । हिजो तोलाको एक हजार ८ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २५ रुपैयाँ घटेर एक हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।