images
images

दोलखा, सिन्धुपाल्चोकमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • १३ भाद्र २०८१, बिहीबार १४:२०

काठमाडौँ । मौसम पूर्बानुमान महाशाखाले दोलखा, सिन्धुपाल्चोक, धनुषा आसपासका क्षेत्रमा चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले दोलखा, सिन्धुपाल्चोक र धनुषा आसपासका क्षेत्रमा मेघगर्जन सहितको बादल विकसित हुँदा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेकाले त्यसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती भने बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।