images
images

वाइसिएलले निर्वाचनमा एक बुथ, २ सय युथ परिचालन गर्ने

  • १३ आश्विन २०७९, बिहीबार ०८:००

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले निर्वाचन लक्षित अभियान ससञ्चालन गर्ने भएको छ ।

मतदाता र उम्मेदवारको सुरक्षाका लागि भन्दै एक बुथ, २ सय युथ परिचालन गर्ने भएको हो । वाइसिएलले असोज ३ गतेबाट सुरु गरेको प्रदेश स्तरीय बैठक सकाएर तीन महिने सुद्धढीकरण तथा विस्तार अभियान समेत घोषणा गरेको वाईसिएल अध्यक्ष सुबोध शेर्पाइलीले जानकारी दिनुभयो । अभियानको उदेश्य मुलुकभर ९ लाख सदस्य वितरण गर्ने रहेको उहाँले बताउनुभयो । वाइसियलको विधानको व्यवस्था अनुसार प्रत्येक वडामा १ सय सदस्यता वितरण हुनेछ । यस्तै प्रत्येक वडामा १ वडा कमिटी र ३ इकाइ कमिटी समेत बन्ने छन् ।