images
images

कालिनाग साकोसको कुल पुँजी ११ करोड नाघ्यो

  • १३ आश्विन २०७९, बिहीबार १८:५६

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकास्थित कालिनाग बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी ११ करोड नाघेको छ ।

कालिनाग साकोसले आज १४ औं साधारणसभाको अवसरमा कुल पुँजी ११ करोड ११ लाख ३१ हजार ३ सय ५५ रुपैयाँ पुगेको जानकारी गराएको हो । संस्थाको सेयर पुँजी ५७ लाख २४ हजार ५ सय रहेको छ भने ९ करोड २५ लाख २१ हजार ३ सय २७ रुपैयाँ साकोसको बचत रहेको छ । यस्तै साकोसले गत वर्षसम्म ९ करोड ६५ लाख ८४ हजार ४ सय २ रुपैयाँ ऋण लगानी गरेको छ । कालिनाग साकोसको जगेडा कोष २१ लाख ९७ हजार ७ सय ७७ रुपैयाँ छ भने संस्थाले ८४ लाख ११ हजार ५ सय २९ रुपैयाँ वित्तिय खर्च गरेको कालिनाग बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक शिवहरी शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थामा २१ सय ४९ जना सेयर सदस्य रहेका छन् भने ६ सय ९७ जना बालबचतकर्ता आवद्ध छन् ।

संस्थाका अध्यक्ष कमल कार्कीको अध्यक्षतामा भएको साधारणसभामा संस्थाका सचिव डम्बर बहादुर आचार्यले वार्षिक प्रगति प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कल्पना त्रिपाठीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्की विश्व, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जन प्रसाद शिवाकोटी, उपाध्यक्ष कुलबहादुर बुढाथोकी, संस्थाका उपाध्यक्ष संग्राम बहादुर आचार्य लगायतले मन्तव्यले व्यक्त गर्नुभएको थियो ।