सिन्धुली । पहिरोका कारण एम्बुलेन्स बिचबाटोमै रोकिएपछि सिन्धुलीकी एक वृद्धा सहित दुई विरामीको उपचार नपाएर मृत्यु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भएकी ९४ वर्षीया वृद्धा टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिबास नगरपालिका–८ का ४५ वर्षीय मानबहादुर सिञ्जालीको मृत्यु भएको हो । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जामा रोकिएका उनीहरुको उपचार पाउन नसक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
दुई छुट्टाछुटै एम्वुलेन्स मार्फत काठमाडौँ लैजान लागिएका उनीहरु शुक्रबारदेखि बिचबाटोमै रोकिएका थिए । मृतकमध्य सिञ्जाली मिर्गाैलाको विरामी रहेका थिए ।