images
images

दज्र्यानी चिन्ह लगाउन नपाउँदै पहिरोमा अस्ताए दोलखाली छोरा ‘कर्णेल’ मिलन केसी

दोलखा । दोलखाका घर भएका नेपाली सेनाका एक जना प्रमुख सेनानी (कर्णेल) को ‘दज्र्यानी’ चिन्ह लगाउन नपाउँदै पहिरोमा पुरिएर मृत्यु भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका–८ बोचका नेपाली सेनाका कर्णेल मिलन केसीको हिजो सिन्धुपाल्चोकको सिन्धु बीच रिसोर्टमा पहिरोमा परेर मृत्यु भएको हो । सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल केसी दुई कोरियन नागरिक सहित सुनकोशी गाउँपालिका–४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा शुक्रवार पुगेका थिए ।

विहान सुतिरहेका बेला रिसोर्ट माथिवाट झरेको पहिरोले घटनास्थलमै दुई कोरियन नागरिकको मृत्यु भएको थियो भने कर्णेल केसी गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा केहीपर सम्म हिडेर निस्किएका कर्णेलको एक्कसी ढलेको र उनको मृत्यु भएको स्थानीयले बताएका छन् । कर्णेल केसीको हिजै पहिरोमा पुरिएर मृत्यु भएपनि पहिचान हुन सकेको थिएन । खोजतलाशको क्रममा परिचयपत्र फेला परेपटि उनको सनाखत भएको थियो ।

मृतक केसी सहित कोरियान नागरिकको शव प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा राखिएकोमा केसीको शवलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं लैजाने तयारी भएको छ । केही समयअघि कर्णेलमा बढुवा भएका केसीले दज्र्यानी चिन्ह समेत लगाएका थिएनन् ।

शान्ति मिसनमा सिरिया जाने तयारीमा रहेका केसी सिन्धु बीचको पहिरोमा पुरेर सँधैकालागि अस्ताएका छन् ।