images
images

कार्तिक १६ गतेसम्म सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामाग्री पुग्ने

  • १२ कार्तिक २०७९, शनिबार ०८:१३

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्रमा निर्वाचन सामाग्री पठाउन सुरु गरेकोे छ ।

निर्वाचन आउन तीन साता बाँकी रहँदा आयोगले निर्वाचन क्षेत्रमा सामाग्री पठाउन सुरु गरेकोे हो । ती सामग्री जिल्ला निर्वाचन कार्यालयले निर्वाचन अधिकृतलाई पठाउनेछ । निर्वाचन अधिकृतले मतदान अधिकृतलाई सामान दिएर मतदानस्थलमा पठाउनेछ । प्रतिधिसभा, प्रदेशसभा र समानुपातिकको मतपत्र भने कात्र्तिक २७ गतेसम्म पुग्नेछन् । मंसिर १ गतेसम्म मतदान अधिकृतलाई सामग्री हस्तान्तरण गरी सम्बन्धीत क्षेत्रमा पु¥याइनेछ । आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने मतपेटिका, छेकाबार, स्वस्तिक छाप लगायत ५८ प्रकारका सामाग्री पठाएको हो ।