images
images

दोलखाका सात स्थानिय तहमा डेंगु संक्रमण फैलियो, ९८ जना संक्रमित

  • १२ कार्तिक २०७९, शनिबार ०८:३६

दोलखा । दोलखामा डेंगु संक्रमित संख्या ९८ पुगेको छ ।

जिल्लामा लामखुटेको टोकाइबाट लाग्ने डेंगु रोग ९८ जनामा देखिएको हो । संक्रमित ४३ जना महिला हुन् भने ५५ जना पुरुष हुन् । जिल्लाको ७ वटा स्थानिय तहमा मात्रै डेंगु संक्रमण फैलिएको छ । जसअनुसार भीमेश्वर नगरपालिकाका १८ महिला र २१ पुरुष गरी ३९ जनामा डेंगु संक्रमण देखिएको छ भने जिरी नगरपालिकाका ५ महिला र ३ पुरुष गरी ८ जनामा डेंगु पुष्टि भएको छ । यस्तै, बैतेश्वर गाउँपालिकामा १४ जना महिला र १६ जना पुरुष गरी ३० जना, तामाकोशी गाउँपालिकाका ११ पुरुष, मेलुङ गाउँपालिकामा ५ जना महिला र १ जना पुरुष गरी ६ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालय दोलखाका सुचना अधिकारी पुरुषोत्तम अर्यालले जानकारी दिनुभयो । यस्तै,शैलुङ गाउँपालिकाका १ जना महिला र २ जना पुरुष गरी ३ जना र गौरीशंकर गाउँपालिकाका १ पुरुषमान डेंगु संक्रमण पुष्टि भएको हो । योसँगै दोलखामा डेंगु संक्रमितको संख्या ९८ पुगेको छ । विगु गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा भने डेंगु संक्रमित शुन्य रहेका छन्् ।