काठमाडौं । कालिकोटमा बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् ।
स्थानीय कोदोबारीमा बम बिस्फोट हुँदा स्थानीय ४ बर्षिया बालिका झरना थापाको घटनास्थलमै र ४ बर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो । जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर १० रानाबाँडामा बम विस्फोट हुँदा ७ वर्षिय कमल थापा, ५ वर्षिया मुस्कान थापा, र ३ वर्षिया दर्शना राना घाइते भएका छन् । उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ८ बजे बम विस्फोट भएको हो ।










