images
images

माओवादीका पाँच जना केन्द्रिय नेता पार्टीबाट निष्कासित

  • १२ कार्तिक २०७९, शनिबार १८:२१

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारी दिने पाँच जना केन्द्रिय नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

माओवादीले पार्टी र गठबन्धनका आधिकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई निष्कासन गरेको हो । पार्टीको साधारण सदस्य समेत नरहने गरी उनीहरुलाई निष्कासन गरिएको छ । पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित हुनेमा धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी, सप्तरी १ बाट उम्मेदवारी दिएका अशोक कुमार मण्डल, पर्साका विरेन्द्र यादव र रोल्पामा स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र बहादुर पुन मगर रहेका छन् । उनीहरु सबै केन्द्रिय समिति सदस्यहरु हुन् ।

पार्टीबाट निष्कासित हुनेमा केन्द्रिय लेखा परिक्षण आयोगका सदस्य समेत रहेका कालिकोटबाट स्वतन्त्र उम्मेदवारी दिएका काशिचन्द्र बराल रहेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज परिपत्र जारी गर्दै पार्टी गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने पाँच जना केन्द्रिय नेताहरुलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराउनु भएको हो ।