
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि मुल्य उच्च भएको हो ।
आज नेपाली बजारमा छापावाल सुन प्रति तोला १७ हजार रुपैयाँमा कारोवार भईरहेको छ । शुक्रवार प्रति तोला १६ हजार कायम भएको सुनको मुल्य आज एक हजारले बृद्धि भई १७ हजार पुगेको हो । सुनको आजको बजार मुल्य अहिलेसम्मकै सवैभन्दा बढी भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिनोका सुरुमा सुन तोलाको १ लाख १३ हजार २ सय रुपैयाँ थियो । त्यसपछि लगातार उकालो लागेको सुनको मुल्य १ लाख १७ हजार पुगेको हो ।
अन्तराष्ट्रिय बजारको उतारचढावले सुनचाँदीको मुल्य लगातार बृद्धि भईरहेको छ । चाँदीको मुल्य पनि लगातार बृद्धि भएर आज प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ । यसअघि शुक्रवार प्रति तोला चाँदीको मुल्य १ हजार ४ सय रुपैयाँ थियो ।