images
images

नेपालको शान्ति प्रक्रिया टुंग्याउन सहयोगी भुमिका रहने राष्ट्रसंघका महासचिवको भनाई

  • १२ कार्तिक २०८०, आईतवार १६:०१

काठमाडौं । नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन तीन वटा सुझाव दिनुभएको छ ।

अन्तराष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडीतका आवश्यकताहरु पुरा गरी संक्रमणकालीन न्याय टुंग्याउन उहाँले सुझाव दिनुभयो । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुटरेसले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन राष्ट्रसंघ तयार रहेको बताउनुभयो । अर्को प्रसंगमा उहाँले नेपालले विगत ३० वर्षमा एक तिहाई हिउँ गुमाएको उल्लेख गर्दै यहाँका हिमनदिहरु उच्चदरमा पग्लिरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा महासचिव गुटरेसले नेपाल आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी संकटको आँधीमा फँसेकाले त्यसलाई हल गर्न अन्तराष्ट्रिय पहल आवश्यक रहेको बताउनुभयो । विकसित देशहरुले नेपाल जस्तो राष्ट्रलाई कोभिड १९ महामारी, मुद्रास्फीति र जलवायु परिवर्तनले निम्त्याएको ठुलो खतरासँग जुध्न मदत गर्नुपर्ने उहाँको भनाई छ । उहाँले इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गर्दै आक्रमणको भत्र्सना समेत गर्नुभएको छ । इजरायलमा निहत्था नागरिहरु माथिको आक्रमण कुनै पनि अवस्थामा न्यायोचित नहुने उहाँको भनाई छ । महासचिव गुटरेसले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको सुरक्षित घर फिर्तिको कामना गर्नुभएको छ ।

यसैबीच, नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भेटवार्तालाई पनि तीब्रता दिनुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, नेपालका परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र भेटवार्ता भएको हो ।