काठमाडौँ । नेपालीहरुको दोस्रो महान पर्व तिहार आजबाट सुुरु भएको छ ।
प्रत्यक वर्ष कात्र्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरुको दोस्रो महान पर्व यमपञ्चक अर्थात तिहार आजदेखि विधिवत रुपमा सुरु भएको हो । आज बिहान ११ बजे पछि त्रयोदशी तिथि लाग्ने भएकाले तिहार आजैबाट सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर, यो वर्ष यमदीपदान भने भोलीबाट सुरु हुने भएको छ भने काग तिहार पनि भोली नै परेको छ ।
कात्तिक कृष्ण त्रयोदशी तिथी परेकाले आज धनतेरस अर्थात धनत्रयोदशी पर्व मनाउनुपर्नेछ । यो वर्षको लक्ष्मी पुजा र कुकुर तिहार पनि एकै दिन परेको छ । तिथीको घटबढका कारण बिहिबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।
समितिका अनुसार भाईटिकाको साईत कात्तिक १८ गते आईतबार बिहान ११ः३७ मा उत्तम रहेको छ ।