images
images

दोलखामा पुन निर्वाचनः मतपत्र आइपुग्यो, ८० जना कर्मचारी खटिने

  • १३ मंसिर २०७९, मंगलवार ०८:५४

दोलखा । दोलखामा पुनः मतदान हुने मतदान केन्द्रहरुमा निर्वाचनको तयारी तीव्र पारिएको छ ।

निर्वाचन आयोगले जिल्लाका १० मतदान केन्द्रमा पुन मतदान गर्न निर्देशन दिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यलयले तयारी तीव्र पारेको हो । कार्यालयले आयोगको निर्देशनसँगै निर्वाचनको मिती तोक्नुका साथै ८० जना कर्मचारी परिचालन गर्ने निर्णय गरेको छ । आसन्न निर्वाचनका लागि दोलखामा प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र पनि आइपुगेको छ ।मंसिर १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दोलखामा प्रत्यक्ष र समानुपातिकतर्फको ४४ हजार मतपत्र आइपुगेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार हिजो साँझ प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फको ११/११ हजार र प्रदेशसभातर्फको ११/११ हजार मतपत्र आइपुगेको छ । योसँगै जिल्लामा आसन्न निर्वाचनका लागि मतपत्र ढुवानीको काम सम्पन्न भएको छ । सो मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षा घेरामा राखिएको छ ।

पुनः मतदान हुने केन्द्रहरुमा मतदान अधिकृत १० जना, सहायक मतदान अधिकृत १० जना र सहयोगी कर्मचारी सहित ८० जना कर्मचारी खटिने भएका छन् । ति कर्मचारीलाई आज र भोली तालिम दिएर मतदान केन्द्रमा खटाइनेछ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी सहित एउटा मतदान केन्द्रमा ८ जना कर्मचारी खटिने सहायक निर्वाचन अधिकृत शिव पोखरेलले जानकारी दिनुभयो ।

दोलखामा पुनः मतदान हुने मतदान केन्द्रहरुमा निर्वाचनको तयारी तीव्र पारिएको छ ।निर्वाचन आयोगले जिल्लाका १० मतदान केन्द्रमा पुन मतदान गर्न निर्देशन दिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यलयले तयारी तीव्र पारेको हो ।मंसिर १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दोलखामा प्रत्यक्ष र समानुपातिकतर्फको ४४ हजार मतपत्र आइपुगेको हो ।  पुनः मतदान हुने केन्द्रहरुमा मतदान अधिकृत १० जना, सहायक मतदान अधिकृत १० जना र सहयोगी कर्मचारी सहित ८० जना कर्मचारी खटिने भएका छन् ।

सुरक्षा निकायहरुले पनि दोलखामा पुन मतदान हुन लागेका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था बढाएको छ । जसअन्तर्गत दोलखामा पुन मतदान हुन लागेका १० मतदान केन्द्रमा ६ सय सुरक्षाकर्मि खटाईने भएको छ । यस्तै दुई स्थानिय तहका सबैै मतदान केन्द्रमा मोबाइल गस्ती, रिजर्भ टोली र स्ट्राकिङ फोर्स खटाइनेछ भने आवश्यकताका आधारमा सरकाले समेत हेलिकप्टरसहितको सुरक्षा व्यवस्था मिलाएको छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपि गंगाप्रसाद पौडेलले बिहिवार पुन मतदान हुने केन्द्रहरुमा भरपर्दो सुरक्षा व्यवस्था मिलाईने भन्दै ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।  यस्तै सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सुरक्षा व्यवस्थामा कडाई गर्ने भएको छ । जिल्ला सुरक्षा समितीको निर्देशन अनुसार आफुसँग भएका सम्पुर्ण जनशक्ति परिचालन गरिने सशस्त्र प्रहरीले जनाएको छ । दोलखामा पुन मतदान हुन लागेका सबै मतदान केन्द्रहरु प्रदेशसभा क्षेत्र नम्बर १ मा पर्दछन् ।

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्र र तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुँदैछ । ति मतदान केन्द्रमा ८ हजार ५ सय १४ जना मतदाता रहेका छन् ।