
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ ।
निर्वाचन आयोगको तथ्याकं अनुसार माओवादी केन्द्रले समानुपातिक मतको संख्या ११ लाख ६ सय ४७ पु¥याएको हो । हालसम्म ९५ लाख ७३ हजार ७५ मत गनिसकिएको छ । प्रत्यक्षतर्फ १७ सिटका साथ तेस्रो स्थानमा रहेको माओवादी समानुपातिक तर्फ पनि तेस्रो स्थानमा छ । पहिलो स्थानमा एमाले र दोस्रो स्थानमा नेपाली कांग्रेस छ भने चौथो स्थान राष्ट्रिय स्वतन्त्र पार्टी छ ।
निर्वाचन आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्। यसो हुँदा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत अर्थात् ३ लाख २० हजार मतलाई थ्रेसहोल्डको सीमा मानिएको छ।