images
images

बैतेश्वर गाउँपालिकामा भोली र चुनावको दिन पर्सी सार्वजनिक विदा

  • १३ मंसिर २०७९, मंगलवार १६:५५

जिरी (दोलखा) । मंसिर १५ गते पालिकाको तीन वटा वडामा पुनः निर्वाचन हुने भएपछि दोलखाको बैतेश्वर गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाको कार्यालयले आज सुचना जारी गर्दै मंसिर १५ गते अर्थात पर्सि पुनः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएपछि पालिकाभित्र दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सो दिन गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालय र विद्यालयहरु बन्द हुने गाउँपालिकाका अध्यक्ष छवि लामाद्धारा हस्तक्षरित सुचनामा उल्लेख छ । यस्तै, तामाकोशी गाउँपालिकाले पनि पालिकाको कार्यालय र ३ नम्बर वडा कार्यालयमा २ दिन सार्वजनिक विदा दिएको छ । निर्वाचन आयोगले दोलखाको १० मतदान केन्द्रमा पुनः मतदान गर्न निर्देशन दिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको मिति समेत तोकिदिएपछि पर्सी निर्वाचन हुने भएको हो ।

जसमा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्र र तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा निर्वाचन हुँदैछ ।