images
images

बैकिङ कसुर मुद्धामा फरार रामेछापकी महिला प्रहरी नियन्त्रणमा

  • १३ मंसिर २०७९, मंगलवार १७:४१

रामेछाप । बैकिङ कसुरमा फरार रामेछापकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ४ की ५६ वर्षिया मेनुका घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला पाटनले २०७८ साल कात्र्तिक २३ गते बैकिङ कसुर मुद्धामा २४ दिन कैद र १ करोड ७४ लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलासँगै फरार उनलाई प्रहरीले काठमाडौंस्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा १२ गते पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई आज रामेछाप कारागार चलान गरिएको छ ।