images
images

नेपाली बजारमा सुनको नयाँ रेकर्ड, प्रतितोला १ लाख १९ हजार नाघ्यो

  • १३ मंसिर २०८०, बुधबार ११:१२

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।

छापावाला सुनको मुल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैँया पुगेर नयाँ रेकर्ड कायम गरेको हो । तेजावी सुनको मुल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैँया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैँयामा कारोवार भएको थियो ।

चाँदीको मुल्य पनि बढेर आज प्रतितोला १५ सय २० रुपैँया पुगेको छ । विवाहको सिजन सुरु भएसँगै सुनको मुल्य लगातार उकालो लाग्न लागेको हो ।