images
images

रामेछापका पुरुषलाई कुटपिट गर्ने शैलुङका युवक पक्राउ

  • १४ मंसिर २०८१, शुक्रबार ०९:३५

जिरी (दोलखा) । कुटपिट गरेको आरोपमा दोलखा शैलुङका पुरुष पक्राउ परेका छन् ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका एक पुरुषलाई कुटपिट गरेको आरोपमा शैलुङ गाउँपालिका –२ भुसफेदाका २८ वर्षीय सोनाम तामाङ पक्राउ परेका हुन् । उनले हिजो साँझ मदिरा सेवन गरी दोम्बर घर भएका ५३ वर्षीय काजि मोक्तानलाई कुटपिट गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते मोक्तानलाई दुध पोखरीको स्वस्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाईएको दोलखाका प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो । घटना हिजो बेलुकी करिब ६ बजे भएको थियो ।