images
images

मेडिकल व्यवसायी प्रसाईंलाई थप ५ दिन हिरासत राख्न अदालतको अनुमति

  • १४ मंसिर २०८१, शुक्रबार १५:४६

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आज प्रसाईँलाई थप ५ दिन हिरासत राख्न प्रहरीलाई  अनुमति दिएको हो । उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए । फेक डकुमेन्ट सार्वजनिक गरेको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई थप समय दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रसाईं यही मंसिर ४ गते भक्तपुरस्थित आफ्नैनिवासबाटै पक्राउ परेका थिए । उनीमाथी विद्युतीय अपराधमा अनुसन्धान भइरहेको छ।