
नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलको बैठक आज बस्दैछ ।
दलको नेता चयन गर्न एमाले संसदीय दलको बैठक बस्न लागेको हो । बैठक प्रदेशसभास्थित संसदीय दलको कार्यालय हेटौंडामा बिहान ११ बजे बस्नेछ । एमालेमा सर्वसम्मत रूपमा दलको नेता चयन हुने सम्भावना रहेको छ । एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्रीको दाबेदार मानिएका नेताहरू पराजित भएपछि दलको नेतामा धेरै आकांक्षी देखिएका छैनन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका जगन्नाथ थपलिया सर्वसम्मत दलको नेता चयन हुने सम्भावना छ ।
सरकारको नेतृत्व एमालेले पाएको खण्डमा दलको नेता मुख्यमन्त्री हुनेछन् । जगन्नाथ थपलिया एमालेबाट बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने सम्भावना छ ।