images
images

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया सर्वसम्मत चयन

  • १४ पुष २०७९, बिहीबार १३:२६

जिरी (दोलखा) । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् ।

प्रदेश संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको एमालेको बैठकले थपलियालाई सर्वसम्मत चयन गरेको हो । थपलियालाई निर्वाचित सांसदहरुले सर्वसम्मत चयन गरेका हुन् । चितवन प्रदेश सभा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित थपलिया केन्द्रीय सदस्य समेत हुन् । थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार समेत थिए । एमाले संसदीय दलको नेतामा थपलिया निर्वाचित भए संगै उनी प्रदेशको मुख्यमन्त्रीको दाबेदार बनेका छन् । केन्द्रको पछिल्लो भागवण्डा अनुसार बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एमालेको भागमा पर्न सक्ने सम्भावना बढेको एमाले सांसदहरुले बताएका छन् ।

बागमती प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले दाबी गरेका छन् । प्रदेश सभामा नेकपा एमालेले २७ सिट जितेको छ । बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित १३ जना र समानुपातिकतर्फ १४ जना गरि २७ जना सांसद छन् ।