
हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले शपथ तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
प्रदेश सभाका १०९ जना सदस्यलाई ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले आज पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । माओवादी केन्द्रबाट निर्वाचित ज्येष्ठ सांसद ढुंगानालाई हिजो प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ ग्रहण गराउनुभएको थियो । प्रदेश सभा सचिवालयका अनुसार १२ जनाले नेवारी तथा ३ जनाले तामाङ भाषामा र बाँकीले नेपाली भाषामा शपथ लिएका छन् ।