
काठमाडौं । बुटवलका प्रहरी नायव उपरीक्षक डिएसपी ठगबहादुर केसी निलम्बित भएका छन् ।
सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा पक्राउ परेका डिएसपी केसी निलम्बित भएका हुन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई निलम्बन गरेको हो । केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्धा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरेको थियो । प्रहरीले उनको घरबाट ३५ तोला सुन, ८ लाख ५० हजार नगद, ९ लाख ५० हजार रुपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद गरेको छ ।