images
images

बालकुमारी क्षेत्रमा तनावः आन्दोलनकारी अराजक बन्दै, प्रहरीद्धारा हवाई फायर

  • १३ पुष २०८०, शुक्रबार १४:०५

काठमाडौँ । उपत्यकाको ग्वार्को र बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

ईपीएस आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी अराजक बनेपछि प्रहरीले हस्तक्षेप गर्दा सो स्थान तवावग्रस्त बनेको हो । प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको छ । स्थिती नियन्त्रणबाहिर गएपछि हवाई फायर गरिएको प्रहरीले जनाएको छ । आन्दोलनकारी अराजक मच्चाउँदै भागिरहेका छन् भने प्रहरीले अश्रुग्याँस प्रहार गर्दै उनीहरुलाई लखेटिरहेको छ । आक्रोशित युवाहरुले सडकमा अराजकता मच्चाउँदै डिभाईडल भत्काउनेदेखि ढुंगा फ्याक्नेसम्मका गतिबिधि गर्दैै भागिरहेका छन् ।
प्रहरीले यसअघि भौतिक पूर्बाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सवारी साधनमा आगजनी गर्ने १० जनालाई नियन्त्रणमा लिएको छ ।