images
images

प्रतिनिधिसभा बैठक सर्‍यो, निर्वाचन ऐन संशोधन विधेयक तयार भएपछि बस्ने

  • १६ माघ २०७८, आईतवार ०२:५३

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः १० दिनपछि सरेको छ ।

स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्न सरकारलाई समय आवश्यक परेपछि आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माघ २६ गते दिउँसो १ बजेसम्मका लागि सारिएको हो । सत्ता गठबन्धनको बैठकले २०७९ जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने समझदारी जुटाएपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सुचनामा कोरोना संक्रमणको महामारी यथावत रहेकाले बैठक माघ २६ गतेसम्का लागि स्थगित गरिएको उल्लेख छ ।सरकारले ऐन संशोधन विद्येयक तयार पार्न समय मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक स्थगित गर्न भनेको संसद सचिवालयका अधिकारीले बताएका छन् । सम्बन्धीत मन्त्रालयले विद्येयक तयार पारेपछि मन्त्रिपरिषदबाट पारित हुनुपर्नेछ । त्यसपछि संसद सचिवालयको विद्येयक शाखामा दर्ता गर्नुपर्नेछ ।