images
images

दोलखामा सक्रिय कोरोना संक्रमितको संख्या तीन सय नाघ्यो

  • १६ माघ २०७८, आईतवार ०७:५२

दोलखा । दोलखामा सक्रिय कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ ।

आज एकैदिन ४५ जना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको हो । स्वास्थ्य कार्यालय दोलखाका अनुसार पालिकाहरुमा आज ६० जनाको एन्टिजेन परिक्षण गर्दा ४५ जनाको रिर्पोट पोजेटिभ आएको हो । आज तामाकोशी गाउँपालिकामा सबैभन्दा बढी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने वैतेश्वर गाउँपालिकाका ९ जना, जिरी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भीमेश्वर नगरपालिकाका ७ जना र कालिञ्चोक गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

आज २८ जना कोरोनामुक्त भएका छन् । जिल्लाको भीमेश्वर नगरपालिकामा सवैभन्दा बढी ८२ जना कोरोना संक्रमित छन् भने तामाकोशी गाउँपालिकामा ६१ जना, वैतेश्वरमा ५३ जना सक्रिय संक्रमित छन् । यसैगरी जिरी नगरपालिकामा ३७ जना, शैलुङ गाउँपालिकामा ३४, कालिञ्चोकमा २२, गौरीशंकरमा १०, विगुमा ४ तथा मेलुङमा एक जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जिल्लाका कुल सक्रिय कोरोना संक्रमितमध्ये २ सय ९७ जना होम आइसोलेसनमा छन् भने ७ जना अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।