images
images

काभ्रेपलाञ्चोकमा आजदेखि ई–पासपोर्ट वितरण सुरु

  • १६ माघ २०७८, आईतवार ०९:२७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आजबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) सेवाको शुभारम्भ भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज ई–पासपोर्ट सेवाको शुभारम्भ गर्नुभएको हो । कार्यालयबाट एमआरपी (मेसिन रिडएबल पासपोर्ट)बाट सेवा हुदैँ आएकोमा अब ई–पासपोर्ट (विद्युतीय राहदानी) बाट सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक सिडिओ अमर दीप सुनुवारले जानकारी दिनुभयो । सरकारले काठमाडौंस्थित राहदानी विभागबाट गत मंसिर १ गतेदेखि ई–पासपोर्ट वितरण सुरु गरेको थियो ।