काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङमा आज देशभर थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनुभएको हो । वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्न अस्पतालमा माघ १३ गतेदेखि १६ गतेसम्म कोरोनाका कारण मृत्यु भएका नागरिकहरुको विवरण रहेको प्रवक्ता डा. मिश्राले बताउनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८ सय ८३ जना गरी ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।