images
images

एक युवकले श्रीमति र दुई वर्षिय छोरालाई पेट्रोल छर्किएर आगो लगाए, छोराको मृत्यु

  • १६ माघ २०७९, सोमबार ०८:३३

बाँके । बाँकेका एक युवकले श्रीमति र दुई वर्षे छोरालाई पेट्रोल छर्किएर आगो लगाएका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर १ का ३२ वर्षिय भानुभक्त बिकले पत्नी गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किर आगो लगाएका हुन् । बुवाले लगाएको आगोले जलेर प्रिन्सको मृत्यु भएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । आगोले पोलेर गम्भिर घाईते भएका दुई वर्षिय वालकको आज विहान उपचारका क्रममा मृत्यु भएको छ भने गंगा विकको घाँटी र डाढ जलेको छ ।

उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । श्रीमति र छोरालाई आगो लगाएर भारततर्फ भाग्दै गरेका भानुभक्त विकलाई राति नै पक्राउ गरि अनुसन्धान सुरु गरिएको एसपी राठौरले बताउनुभयो । उनले आफ्नै श्रीमति र छोरालाई किन आगो लगाए भन्ने विषय खुलेको छैन ।