images
images

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुने

  • १६ माघ २०७९, सोमबार १३:५७

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रिपतिको निर्वाचन मिति तय गरेको छ ।

आयोगले आज राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो निर्णयको आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले यसकारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रीपरिषदलाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिदैँछ ।