images
images

बागमती प्रदेशमा ६ महिनाको अवधिमा पूँजीगततर्फ १० प्रतिशत मात्रै बजेट खर्च

  • १६ माघ २०७९, सोमबार १६:५९

हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा समग्र बजेटको २० प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा २० दशलमव ७९ प्रतिशत मात्रै बजेट खर्च गरेको हो । चालु आर्थिक वर्षका लागि प्रदेशले कुल ७० अर्ब ९३ करोड ९२ लाख बजेट ल्याएको थियो । चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेटमध्ये ६ अर्ब २१ करोड ८६ लाख अर्थात् ३२ दशमलव ६८ प्रतिशत बजेट खर्च भएको छ । यस्तै पुँजीगततर्फ कुल ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन भएकोमा ६ महिनाको अवधिमा ४ अर्ब ३७ करोड ८१ लाख अर्थात् १० दशलमव ५३ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

प्रदेशको कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार वित्तिय व्यवस्थापनतर्फ २ अर्ब विनियोजन भएको प्रदेशले ६० करोड खर्च गरेको छ । यसैगरी वित्तिय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड २७ लाख बजेट विनियोजन भएकोमा हालसम्म ३ अर्ब ५५ करोड ३ लाख बजेट खर्च भएको छ । समग्र खर्चको अवस्थालाई हेर्दा बागमती प्रदेश सरकारको बजेट खर्च अत्यन्तै कमजोर देखिएको हो ।