images
images

ऐतिहाँसिक महिला टी–२० आई क्रिकेट आजबाट सुरु, नेपालले पहिलो पटक नेदरल्याण्डसँग खेल्दै

  • १७ माघ २०८१, बिहीबार ०७:३२

काठमाडौँ । काठमाडौँमा आजदेखि ऐतिहाँसिक महिला टी–२० आई क्रिकेट सुरु हुँदैछ ।

नेपाल, नेदरल्याण्ड्स र थाईल्याण्ड सम्मिलित महिला टी–२० आई शृंखला आजदेखि काठमाडौँमा सुरु हुन लागेको हो । नेपालमा तीन टोली सम्मिलित टी –२० आई शृंखला हुन लागेको यो पहिलो पटक हो । नेपालमा करिव साढे २ वर्षपछि अन्तराष्ट्रिय महिला क्रिकेट हुन लागेको छ ।

नेपालले नेदरल्याण्डसँग पहिलो पटक खेल्न लागेको हो । यस्तै, थाईल्याण्ड पनि पहिलो पटक नेपालमा आएर खेल्दैछ । यसअघि युगाण्डासँग द्धिदेशीय शृंखला भएको थियो । शृंखलामा सबै टोलीले एक अर्कासँग तीन तीन खेल खेल्नेछन् ।

शृंखला खेल्नका लागि ईन्दु वर्माको कप्तानीमा यु–१९ विश्वकप खेलेका दुई खेलाडीसहित १५ सदस्यीय नेपाली टोली घोषणा भईसकेको छ ।