images
images

अमेरिकामा उडिरहेको विमान र हेलिकोप्टर आपसमा ठोकियो, १८ शव फेला

  • १७ माघ २०८१, बिहीबार ११:४९

काठमाडौं । उडिरहेको विमान र हेलिकोप्टर ठोक्किदा १८ जनाको शव फेला परेको छ ।

अमेरिकन एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा परिचालित टोलीले १८ जनाको शव फेला पारेको हो । अमेरिकाको रिगन वासिंगटन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथिको आकाशमा उक्त दुर्घटना भएको थियो । विमानमा ६० यात्री र चालक दलका चार सदस्य सवार थिए भने सेनाको हेलिकोप्टरमा तीन जना सवार रहेको अन्तर्राष्ट्रिय माध्यमले जनाएको छ ।

सेनाको हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको र विमान अवतरणको क्रममा रहँदा आपसमा ठोक्किएका थिए । विमानको टुक्रा नदीमा फेला परेको बताइएको छ । हेलिकोप्टरको भग्नावशेष पनि नदी नजिकै फेला परेको अधिकारीहरूले जनाएका छन् ।