images
images

दोलखाको स्थानीय तहमा कार्यरत २४ जना कर्मचारीको काज सरुवा

  • १६ चैत्र २०७८, बुधबार ११:०७

जिरी (दोलखा) । दोलखाको ९ वटै पालिकाका २४ जना विभिन्न तहका कर्मचारीको काज सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार देशभरका स्थानीय तहहरुको ५ सय बढी कर्मचारीको अन्तर स्थानीय तहमा काज सरुवा गर्दा दोलखाका पनि २४ कर्मचारीको सरुवा भएको हो । जिल्लाको ९ वटै पालिकाका गरी अधिकृत छैटौंस्तरका २ जना, सहायकस्तर पाँचौंका ७ जना र सहायकस्तर चौथोका १५ जना कर्मचारीको सरुवा भएको छ । जसमा सबैभन्दा बढी एकै पटक मेलुङ गाउँपालिकाका ५ जनाको काज सरुवा हुँदा भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाका एक/एक जनाको मात्रै सरुवा भएको छ ।

यस्तै, कालिञ्चोक र शैलुङका ४/४ जना, तामाकोशीका ३ र जिरी, विगु तथा गौरीशंकरका २/२ जनाको सरुवा भएको छ । कालिञ्चोकका प्रशासन अधिकृतस्तर छौटौंका शम्भु प्रकाश शर्मा र गौरीशंकरका शिभिल इन्जिनियर छौटौंस्तरका अधिकृत सुस्मिता दाहाल सहित २४ कर्मचारीको दोलखा बाहिर सरुवा भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार देशभरका स्थानीय तहहरुको ५ सय बढी कर्मचारीको अन्तर स्थानीय तहमा काज सरुवा गर्दा दोलखाका पनि २४ कर्मचारीको सरुवा भएको हो । पौषमा दुई सय ३२ कर्मचारीको सरुवा हुँदा दोलखाको कालिञ्चोक, गौरीशंकर र तामाकोशी गाउँपालिकाबाट २/२ जना गरी ६ जना र विगु र शैलुङ गाउँपालिकाबाट एक/एक जना गरी जम्मा ८ जना कर्मचारीको सरुवा भएको थियो ।

यसअघि मन्त्रालयले गत मङ्सिर २१ गते एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको थियो भने त्यसपछि पौष ७ गते थप दुई सय ३२ जना कर्मचारीको पनि सरुवा गरेको थियो । पौषमा दुई सय ३२ कर्मचारीको सरुवा हुँदा दोलखाको कालिञ्चोक, गौरीशंकर र तामाकोशी गाउँपालिकाबाट २/२ जना गरी ६ जना र विगु र शैलुङ गाउँपालिकाबाट एक/एक जना गरी जम्मा ८ जना कर्मचारीको सरुवा भएको थियो ।

‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार दोहोरो सहमतिका आधारमा कर्मचारीहरुको सरुवा गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सरुवाका लागि निवेदन दिएका तर, प्रक्रिया पुरा नगरेका २१ जना कर्मचारीको भने सरुवा भएको छैन ।