images
images

काठमाडौंमा ट्रिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु

  • १६ चैत्र २०७८, बुधबार ११:०६

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा ट्रिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलस्थित मेलम्ची चोकमा ट्रिपरको ठक्करबाट एकै परिवारका दिदिवहिनीको मृत्यु भएको हो । वल्र्ड युथ इन्टरनेशनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको स्कुल जाने क्रममा ट्रिपरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी बृत्त बौद्धका अनुसार घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा ४ ख ६९६५ नम्बरको ट्रिपरले ठक्कर दिएको र उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी घिसिङ गम्भिर घाईते भएका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरदेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।