images
images

काभ्रेपलान्चोकको पनौतीमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

  • १६ चैत्र २०७८, बुधबार ११:३७

काभ्रेपलान्चोक। काभ्रेपलान्चोकको पनौती नगरपालिकामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पनौती नगरपालिका २ नयाँगाउँमा हिजो बेलुकी ट्रिपर दुर्घटना हुँदा चालक स्थानिय अन्दाजी २५ बर्षीय युवराज दाहालको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा बनेपा स्थित शिर मेमोरियल अस्पतालमा राती करिब ८ बजे मृत्यु भएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।

नयाँगाँउ स्थित रोशी खोला ढुङ्गा खानीबाट ढुङ्गा लोड गरि फर्कने क्रममा दाहालले चलाएको बा ५ ख ९६५१ नम्बरको ट्रिपर हिजो बेलुकी पौने ८ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।