images
images

श्रीमती हत्या अभियोगमा सिन्धुपाल्चोकका एक पुरुष पक्राउ

  • १६ चैत्र २०७८, बुधबार १३:२९

सिन्धुपाल्चोक । श्रीमतीको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोकका एक पुरुष पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक प्रहरीले आफ्नै ४४ वर्षीया श्रीमती सुकुमाया तामाङको हत्या गरेको अभियोगमा जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउलेका ४४ वर्षीय मेख बहादुर तामाङलाई गएराती पक्राउ गरेको हो । घरायसी विवादका क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते सुकुमाया गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो । श्रीमती हत्या आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङमाथि थप अनुसन्धान गरिरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।