images
images

गम्भीर प्रकृतिको रोग लागेका बिरामीले मासिक ५ हजार पाउने

  • १६ चैत्र २०७८, बुधबार १६:३१

काठमाडौं । गम्भीर प्रकृतिको रोग लागेका बिरामीले मासिक ५ हजार पाउने भएका छन् ।

गठबन्धन सरकार आएपछि लामो समयदेखि बन्न नसकेको कार्यविधि बनाएर मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरको बैठकले सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै गम्भीर प्रकृतिका बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको हो । मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले आज देशभरका ७ सय ५३ स्थानीय तहबाट सो कार्यविधि अनुसार रकम उपलब्ध गराउन लागि पत्राचार गरेको छ । यसअघि नीति तथा कार्यक्रममा मिर्गाैला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार दिने भनेर उल्लेख गरिएको थियो । तर कार्यविधि बनेको थिएन । हाल गठबन्धन सरकारको पहलमा कार्यविधि तयार भएसँगै भत्ता पाउने बाटो खुलेको हो । अबदेखि मिर्गाैला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारवापत मासिक ५ हजार पाउनेछन् ।