images
images

सरकारको नयाँ कार्यक्रम ‘पढ्दै कमाउँदैै’मा दोलखाको दुई सहित १४० विद्यालय छनौट

  • १६ चैत्र २०७८, बुधबार १६:४९

जिरी(दोलखा) । सरकारले बजेट भाषणमा घोषणा गरेको ‘पढ्दै कमाउँदैै’ कार्यक्रममा दोलखाको दुई सहित देशभरका १ सय ४० वटा विद्यालय छनौट भएका छन् ।

सरकारले बजेट भाषणमा घोषणा गरी पहिलो पटक कार्यान्वयनमा ल्याउन लागेको यो कार्यक्रममा दोलखा र रामेछापका ४ सहित देशभरका १ सय ४० विद्यालय छनौट भएका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदैै’ कार्यक्रममा दोलखाको भीमेश्वर नगरपालिकास्थित सर्व मावि र मेलुङ गाउँपालिकास्थित त्रिभुवन मावि छनौटमा परेका छन् । जसमा सर्व माविमा ‘पढ्दै कमाउँदैै’ कार्यक्रममा कृषि (व्यवसायिक तरकारी) खेती र त्रिभुवन मावि मेलुङमा कुखुरा पालन र अन्य सीप विकासका कार्यक्रमहरु सञ्चालन हुनेछ । यसैगरी, रामेछापमा पनि दुई विद्यालय छनौटमा परेकोमा उमाकुण्डस्थित सिदेश्वर माविमा कृषि÷पशु विज्ञान अन्तर्गत रहेर सो कार्यक्रम सञ्चालन हुनेछ भने खाँडादेवी गाउँपालिकास्थित श्री माध्यमिक विद्यालय राकामथुममा ‘पढ्दै कमाउँदैै’ कार्यक्रममा सरफ, सावुन, च्याउ उत्पादन लगायतका कार्यक्रमहरु सञ्चालन हुनेछ ।

सरकारले बजेट भाषणमा घोषणा गरी पहिलो पटक कार्यान्वयनमा ल्याउन लागेको यो कार्यक्रममा दोलखा र रामेछापका ४ सहित देशभरका १ सय ४० विद्यालय छनौट भएका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदैै’ कार्यक्रममा दोलखाको भीमेश्वर नगरपालिकास्थित सर्व मावि र मेलुङ गाउँपालिकास्थित त्रिभुवन मावि छनौटमा परेका छन् ।

‘पढ्दै कमाउँदैै’ कार्यक्रममा सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाका पनि २/२ वटा विद्यालय छनौट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो कार्यक्रमका लागि देशभरका विभिन्न जिल्लाका विद्यालयहरु छनौट गरेको छ । सो कार्यक्रमका लागि विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको यही चैत ८ गते बसेको बैठकको निर्णयअनुसार संलग्न सुचिमा भएवमोजिमका विद्यालयहरु छनौट गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले आज छनौट भएका विद्यालयहरुको विवरण सार्वजनिक गरेको हो । यसअघि शिक्षा मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको १४ करोड रुपैयाँ खर्च गरी ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो । कार्यक्रम मात्र घोषणा भएको र बजेट व्यवस्थापन नभएका कारण यो वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकै कार्यक्रमबाट यसलाई सञ्चालन गरिने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै ‘पढ्दै कमाउँदै’ शैक्षिक कार्यक्रम ल्याइएको घोषणा गर्नुभएको थियो । यो वर्ष प्रदेश/ प्रदेशबाट विद्यालय छनौट गरी परिक्षणका रुपमा कार्यक्रम लागु गर्न लागिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो । विद्यार्थीलाई तालिम दिएर कमाउन सक्ने बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

गठबन्धनको सरकार भएपछि आएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा सरकारले माध्यमिक तह कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालनका लागि कार्यविधि तयारी गरेको हो । यो कार्यक्रमले प्राविधिक धारका विद्यार्थीले आफ्नो पढाइको क्षेत्रसँग सम्बन्धित रोजगार तथा प्रयोगात्मक काम गर्न पाउने गरी कार्यविधि तयार भएको छ । यो वर्ष प्रदेश/ प्रदेशबाट विद्यालय छनौट गरी परिक्षणका रुपमा कार्यक्रम लागु गर्न लागिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो । विद्यार्थीलाई तालिम दिएर कमाउन सक्ने बनाउने कार्यक्रमको उद्देश्य रहेको छ । विशेषगरी प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकतामा राखेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको पाइएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै ‘पढ्दै कमाउँदै’ शैक्षिक कार्यक्रम ल्याइएको घोषणा गर्नुभएको थियो । अर्थमन्त्री शर्माले ‘समूदायलाई पनि शिक्षित बनाउनुपर्ने, जिम्मेवार बनाउनुपर्ने, राजनीतिक नेतृत्वलाई उत्तरदायी बनाउनुपर्ने र शिक्षकहरूलाई प्रतिवद्ध बनाउन सकेमात्रै नेपालको शिक्षा जीवन उपयोगी हुने भन्दै ‘पढ्दै कमाउँदै’ शैक्षिक कार्यक्रम घोषणा गरेकोमा अहिले कार्यन्यनमा आएको छ ।

गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवं विद्यार्थी संख्या समेतका आधारमा बालशिक्षादेखि माध्यमिक शिक्षासम्मको नक्सांकन तयार गरी कार्यक्रम कार्यान्वयन गरिने बजेट अध्यादेशमा उल्लेख छ ।

हेर्नुहोस, छनौटमा परेका विद्यालयहरु