images
images

नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष पार्टीबाट निष्काशित

  • १६ चैत्र २०७८, बुधबार १८:१८

जिरी (दोलखा) । नेकपा एकीकृत समाजबादी दोलखाका उपाध्यक्ष भुवन केसीलाई पार्टीले कारवाही गरेको छ ।

एस दोलखाले जिल्ला कमिटी उपाध्यक्ष केसीलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको हो । एकीकृत समाजबादी दोलखाले आज बिज्ञप्ती जारी गर्दै उपाध्यक्ष केसीलाई कारवाही गर्दै साधारण सदस्य नरहने गरि निलम्बन गरेको जानकारी दिएको हो । जिल्ला कमिटी अध्यक्ष भिम दाहालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा पार्टीको मार्गदर्शक सिद्धान्त निती कार्यक्रमलाई बेवास्ता गर्दै प्रतिक्रियावादी घोर दक्षिणपन्थी चरम अवसरवादी शक्ति र गलत विचार राख्नेहरुसंग साठगाठ गरि पार्टीको गोपनियता तथा एकतामा खलल पु¥याइ नैतिक आचरण विरुद्धकार्य गरेकाले उनलाई निलम्बन गरेको उल्लेख छ ।

नेकपा (एमाले) मा उत्पन्न भएको व्यक्तिवादी अंहकारवाद, निरकुश एवम स्वच्छारी प्रवृति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरबाद र विर्सजनवादका विरुद्ध विद्रोह गरेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को गठन गरेकोले प्रत्येक नेता कार्यकर्ताले पार्टीको उदेश्य प्राप्तिका लागि निरन्तर इमान्दारीताका साथ लाग्नुपर्ने कर्तव्य भएपनि केसीले गोपनियता तथा एकतामा खलल पु¥याइ नैतिक आचरण विरुद्धकार्य गरेको विज्ञप्तीमा भनिएको छ ।