images
images

सिन्धुपाल्चोक जुरे पहिरो पीडितले नगद राहत पाउने

  • १६ चैत्र २०७९, बिहीबार ०७:४०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले नगद राहत पाउने भएका छन् ।

मन्त्रिपरिषद् बैठकले जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित नेपाल बैँक लिमिटेड चौताराको खातामा जम्मा भएको दुई करोड २४ लाख ६६ हजार ६ सय ५७ रुपैयाँ राहत वितरण गर्ने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको समन्वयमा पीडितको यकिन तथ्यांकका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्नेे सिन्धुपाल्चोकका प्रतिनिधिसभा सांसद माधब सापकोटाले जानकारी दिनुभयो । ८ बर्षयता रोकिएको रकम वितरणका लागि सापकोटाले विगत देखि नै पहल गर्दै आउनुभएको थियो । २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिएको थियो । सो क्रममा पहिरोमा परी १ सय ४७ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको थियो ।