images
images

जिरीमा टुट्यो गठबन्धन, माओवादी केन्द्र र नेकपा एसबीच तालमेल

  • १७ बैशाख २०७९, शनिबार १०:४३

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा गठबन्धन टुटेको छ ।

वडातहमा भागवण्डामा सहमति नभएपछि जिरीमा पनि गठबन्धन भत्किएको हो । यो सँगै जिरी नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै गठबन्धन भएको छ । सत्ता गठबन्धन दलबीच अन्तिम अवस्थासम्म छलफल जारी रहेपनि सहमति हुन नसकेपछि गठबन्धन टुटेको बुझिएको छ । कांग्रेसले नगरउपप्रमुखमा अडान जारी राख्नुका साथै वडा तहमा पनि सहमति नजुटेपछि गठबन्धन टुटेको नेकपा माओवादी केन्द्रले जनाएको छ । अहिले भएको नेकपा माओवादी र एकीकृत समाजवादीबीचको गठबन्धनका क्रममा माओवादीले नगरप्रमुख, उपप्रमुख र ५ वटा वडा पाएको छ भने एकीकृत समाजवादीले ३ वटा वडा पाएको छ ।

त्रीपक्षीय गठबन्धन टुटेसँगै समाजवादीसँग तालमेल भएपछि नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीले स्वतन्त्र उम्मेदवारी दिएका पार्टी जिरी नगरकमिटीका अध्यक्ष गेल्बु शेर्पालाईनै आफ्नो आधिकारीक उम्मेदवार बनाएर निर्वाचनमा लैजाने निर्णय गरेको छ । नगरप्रमुखका उम्मेदवार शेर्पा सहित उपप्रमुख र वडाहरुमा निर्वाचन लड्ने आफ्नो उम्मेदवारहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नविन जिरेलले आज आधिकारीक रुपमा पार्टीको तर्फबाट उम्मेदवार घोषणा गरेका छन् । यसअघि शेर्पाले नगरप्रमुखमा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

जिरी नगरपालिकामा पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै गठबन्धन भएको छ । सत्ता गठबन्धन दलबीच अन्तिम अवस्थासम्म छलफल जारी रहेपनि सहमति हुन नसकेपछि गठबन्धन टुटेको बुझिएको छ । कांग्रेसले नगरउपप्रमुखमा अडान जारी राख्नुका साथै वडा तहमा पनि सहमति नजुटेपछि गठबन्धन टुटेको नेकपा माओवादी केन्द्रले जनाएको छ । अहिले भएको नेकपा माओवादी र एकीकृत समाजवादीबीचको गठबन्धनका क्रममा माओवादीले नगरप्रमुख, उपप्रमुख र ५ वटा वडा पाएको छ भने एकीकृत समाजवादीले ३ वटा वडा पाएको छ ।

दुई दलको गठबन्धनमा अब मेयर पदमा नेकपा माओवादी केन्द्रबाट गेल्बु शेर्पा, उपमेरमा तेज बहादुर तामाङ तथा वडाध्यक्षहरुमा वडा नम्बर १ मा माओवादी केन्द्रबाट साङ्गे शेर्पा, वडा नम्बर २ मा माओवादी केन्द्रबाट ङिमापल्दे शेर्पा, वडा नम्बर ३ बाट माओवादी केन्द्रबाट खेटराज घिमिरे, वडा नम्बर ४ मा एकिकृत समाजवादी बाट लाल बहादुर जिरेल, वडा नम्बर ५ मा एकीकृत समाजवादीबाट नुर्पादावा शेर्पा र वडा नम्बर ६ मा एकीकृत समाजवादीकै मरिज बहादुर खड्काले दुई दलीय गठबन्धनबाट निर्वाचन लड्ने भएका छन् । यसैगरी, वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रबाट शान्त नेपाली, वडा नम्बर ८ मा कृष्ण कुमार खत्री निर्वाचन लड्नेछन् । जसअनुसार वडा नम्बर ४, ५ र ६ मा माओवादीले एकीकृत समाजवादीलाई सहयोग गर्नेछ भने नगरप्रमुख उपप्रमुखदेखि अन्य वडाहरुमा समाजवादीले माओवादीलाई सहयोग गर्ने सहमति भएको छ ।

यद्धपी वडा नम्बर ९ मा भने दुवै पार्टीका उम्मेदवार छैनन् । काँग्रेससँगको गठबन्धनका कारण दुवै पार्टीले आफ्नो उम्मेदवारी दर्ता नगरेपछि यो पटकको स्थानीय तह निर्वाचनमा वडा नम्बर ९ मा गठबन्धनको कुनै पनि उम्मेदवार नरहेको हो । अब जिरीमा त्रीपक्षीय प्रतिस्पर्धा हुनेछ । नेपाली कांग्रेसबाट लाक्पा शेर्पालाई नगप्रमुखको उम्मेदवार बनाइएको छ भने नेकपा एमालेले मित्र जिरेललाई नगरप्रमुखको उम्मेदवार बनाएको छ ।