images
images

गठबन्धन कमजोर छैन, जनताले अवश्य जिताउनेछन्ः मेलुङका अध्यक्षका उम्मेदवार कार्की

  • १७ बैशाख २०७९, शनिबार १२:५४

दोलखा । सत्ता गठबन्धनको तर्फबाट दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षका उम्मेदवार रविन्द्र कार्कीले नेकपा एमाले नेतृत्वको सरकारले गरेको बेतिथिको अन्त्य गर्न गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताउनुभएको छ ।

हाम्रो रेडियोको कार्यक्रम स्थानिय तह निर्वाचन विशेषमा कुराकानी गर्दै नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका मेलुङ गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनको उम्मेदवार कार्कीले यस्तो बताउनुभएको हो । उहाँले पालिकामा अघिल्लो नेतृत्वले गरेको बेतिथि अन्त्य गरी जनचाहना अनुसार काम गर्न गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताउनुभयो । मेलुङको सामाजिक रुपान्तरण र विकास निर्माणका सबै पक्षलाई समेट्न गठबन्धन आजको आवश्यकता भएको उहाँको भनाई छ । मेलुङ गाउँपालिकाको अध्यक्षका उम्मेदवार कार्कीले गठबन्धन दलबाट उम्मेदवारी दिएका सबैको जित सुनिश्चित रहेको दावी गर्नुभयो । गठबन्धन दल अन्य राजनितिक दलभन्दा धेरै बलियो रहेको र जनमत पनि आफ्नो पक्षमा बढि रहेको भन्दै उहाँले विधि पद्धतिअनुसार काम नगरेका कारण जिल्लाभर नेकपा एमाले परास्त हुने दावी गर्नुभयो । कार्कीले नेकपा एमालेबाट विद्रोह गरेर आएका ५० प्रतिशत नेता कार्यकर्ता आफ्नो पार्टीमा रहेकाले निर्वाचन जित्ने आधार बलियो रहेको बताउनुभयो ।

सत्ता गठबन्धनको तर्फबाट दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षका उम्मेदवार रविन्द्र कार्कीले नेकपा एमाले नेतृत्वको सरकारले गरेको बेतिथिको अन्त्य गर्न गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताउनुभएको छ । कार्कीले नेकपा एमालेबाट विद्रोह गरेर आएका ५० प्रतिशत नेता कार्यकर्ता आफ्नो पार्टीमा रहेकाले निर्वाचन जित्ने आधार बलियो रहेको बताउनुभयो । प्रतिगामि बाटोमा अघि बढेको एमालेको नेतृत्व निस्तेज बनाएर अघि बढ्न गठबन्धन बनेको उहाँको भनाई छ ।

प्रतिगामि बाटोमा अघि बढेको एमालेको नेतृत्व निस्तेज बनाएर अघि बढ्न गठबन्धन बनेको उहाँको भनाई छ । मुलुकको आवश्यकताका आधारमा गठबन्धन बनेको भन्दै कार्कीले मेलुङमा पनि गठबन्धन दलहरु एकजुट रहेको धारणा राख्नुभयो । उहाँले गठबन्धनलाई कसैले भत्काउन नसक्ने भन्दै विपक्षीको षड्यन्त्रलाई चिरेर अघि बढ्न गठबन्धन दलका नेता कार्यकर्तालाई आब्ह्वान समेत गर्नुभएको छ । कार्कीले मेलुङमा मात्रै नभएर सिंगो गठबन्धन दल एकजुट हुनुपर्ने अहिलेको आवश्यकता रहेकाले झिनामसिना कुरामा अल्झिने समय नभएको बताउनुभयो ।

विगतमा गाउँपालिकामा अघिल्लो नेतृत्वले वितरणमुखि योजना सञ्चालन गरेको र आफ्नो अस्तित्व देखाउन बजेट दुरुपयोग गरेको भन्दै उहाँले आफु निर्वाचित भएपछि भ्रष्टाचार मुक्त समाज बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मेलुङ गाउँपालिकाको अध्यक्षका उम्मेदवार कार्कीले निर्वाचित भएमा मेलुङको समृद्धिको लागि आवधिक योजना बनाएर अघि बढ्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि लगायतको पुर्वाधारका क्षेत्रमा विज्ञको सल्लाह बमोजिम विकास र परिवर्तन गरिने बताउनुभयो । मेलुङ गाउँपालिकामा शिक्षा, सडक विस्तार र सुधारमा ध्यान दिने, प्रत्येक महिना वडा/वडामा स्वास्थ्य परीक्षण गर्ने, कृषि उत्पादन बढाउनलाई सिंचाइको सुविधा दिने तथा उत्पादनको बजारीकरण गर्ने, खानेपानी प्रत्येक घरमा पु¥याउनुका साथै पालिका विकासका लागि आएको बजेट आम जनता सन्तुष्टि हुने गरी खर्च गर्ने, कुनै आग्रह पुर्वाग्रहको राजनीति नगर्ने, जनगुनासो सुनेर अघि बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।