images
images

यातयात व्यवसायी एवम् जिफन्टका नेता पोखरेल एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश

  • १७ बैशाख २०७९, शनिबार १४:००

काठमाण्डौं । नेकपा एमालेको मजदुर संगठन (जिफन्ट) का नेता तोयानाथ पोखरेल नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

बैतेश्वर गाउँपालिका ५ काब्रे घर भएका पोखरेल आज काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनी २०६२/६३ सालमा मजदुर संघ जिफन्टका अध्यक्ष थिए । पोखरेल यातयात व्यवसायी र सहकारी क्षेत्रमा पनि लामो समयदेखि नेतृत्व गर्दै आएका व्यक्ति हुन् । हाल पोखरेल यातयात व्यवसाय संघ (अन्नपूर्ण सार्वजनिक यातयात सेवा) का अध्यक्ष र सार्वजनिक यातयात केन्द्रिय महासंघको केन्द्रिय समस्य समेत रहेका छन् । साथै उनी सुभदिवापली बचत तथा ऋण सहकारी संस्था कोटेश्वरका अध्यक्ष पनि हुन् । उनीसँगै आज बैतेश्वरका एक दर्जन बढी स्थानीय युवाहरु माओवादी केन्द्र प्रवेश गरेका छन् ।

उनीहरुलाई नेकपा माओवादी केन्द्रका युवा नेता एवम् वागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का र बैतेश्वर गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका माओवादी नेता लक्ष्मण खड्काले पार्टीमा स्वागत गर्नुभएको थियो ।