images
images

बैतेश्वर उम्मेदवारः माओवादी केन्द्र र समाजवादीका युवाको वर्चस्व

दोलखा । स्थानीय तह निर्वाचनमा दोलखाको वैतेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुमा अधिकांश युवाहरुको वर्चस्व देखिएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा वैतेश्वर गाउँपालिकाको पालिका अध्यक्षदेखि वडाअध्यक्षसम्मका उम्मेदवारहरुमा अधिकांश युवा नेताहरु देखिएका हुन् । जसअनुसार गाउँपालिकाको अध्यक्षमा ४२ वर्षीय युवा नेता लक्ष्मण खड्का उम्मेदवार बनेका छन् । उनी दोलखा जिल्लामा परिचित युवाभित्र पर्छन् । अध्यक्षका उम्मेदवार खड्का सामाजिक र पत्रकारीता क्षेत्रका अभियान्ता हुन् । खुल्ला राजनीतिमा आउनु अघि उनी सामाजिक पत्रकारीता जीवनमा राष्ट्रियस्तरमा पहिचान बनाएका व्यक्ति हुन् । योजनाकारको रुपमा समेत चिनिने उनीसँग हरेक घटनामा योजनावद्ध रुपमा अघि बढ्ने खुबी छ । खड्का सामुदायिक रेडियो प्रसारक संघ (अको¥याव) का पुर्वकोषाध्यक्ष, प्रेस सेन्टरको केन्द्रीय सचिव एवम् माओवादी प्रचार विभागको केन्द्रीय सदस्य रहेका खड्का राजनीतिमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनले लामो समय काठमाडौं केन्द्रित राजनीति गर्दै आएका थिए ।

यस्तै, समाजवादीको तर्फबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेका कल्याण दाहाल ३३ वर्षका भए । उनी नेकपा एसको विद्यार्थी संगठनको केन्द्रीय उपमहासचिव हुन् । दाहाल लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेपनि एमाले विभाजनपछि उनी नेकपा एसमा लागेका हुन् । वैतेश्वर गाउँपालिकाको वडाअध्यक्षमा अधिकांश युवा अनुहारहरु देखिएका छन् । बैतेश्वरको वडा नम्बर १ मा धनबहादुर तामाङ वडाध्यक्षका उम्मेदवार बनेका छन् । ४२ वर्षका उनी तत्कालीन माओवादीबाट २०५८ सालमा जनमुक्ति सेनाको कमाण्डर थिए । उनी हाल वैतेश्वर गाउँपालिकाको पार्टी उपाध्यक्षको भुमिकामा छन् ।

गाउँपालिकाको अध्यक्षमा ४२ वर्षीय युवा नेता लक्ष्मण खड्का उम्मेदवार बनेका छन् । उनी दोलखा जिल्लामा परिचित युवाभित्र पर्छन् । अध्यक्षका उम्मेदवार खड्का सामाजिक र पत्रकारीता क्षेत्रका अभियान्ता हुन् । खुल्ला राजनीतिमा आउनु अघि उनी सामाजिक पत्रकारीता जीवनमा राष्ट्रियस्तरमा पहिचान बनाएका व्यक्ति हुन् । योजनाकारको रुपमा समेत चिनिने उनीसँग हरेक घटनामा योजनावद्ध रुपमा अघि बढ्ने खुबी छ । समाजवादीको तर्फबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेका कल्याण दाहाल नेकपा एसको विद्यार्थी संगठनको केन्द्रीय उपमहासचिव हुन् । दाहाल लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेपनि एमाले विभाजनपछि उनी नेकपा एसमा लागेका हुन् । वैतेश्वर गाउँपालिकाको वडाअध्यक्षमा अधिकांश युवा अनुहारहरु देखिएका छन् ।

यस्तै, वडा नम्बर २ को वडाध्यक्षमा राजु कुमार तामाङ चुनावी मैदानमा उत्रिएका छन् । पार्टी संगठनप्रति प्रतिबद्ध रहेका राजु लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । वडा नम्बर ३ मा ३१ वर्षीय इराज राउत वडाअध्यक्षको उम्मेदवार बनेका छन् । २०६४ साल अघि वाईसियलको सदस्य रहेका उनी २०७४ सालमा दोलखा–काठमाडौं सम्पर्क मञ्चको सदस्य र वैतेश्वरको सचिव हुँदै हाल दोलखा–काठमाडौं सम्पर्क समन्वय समिति वाईसियलको अध्यक्ष, उपत्यका विशेष महाशाखाको सदस्य र आर्थिक विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन् । लामो समयदेखि माओवादी राजनीतिमा सक्रिय राउत अर्थक्षेत्रका जानकार हुन् । उनी सेयर कारोवारमा निकै अनुभवी मानिन्छन् ।

वडा नम्बर ४ मा ५४ वर्षीय लक्ष्मण चौँलागाई वडाअध्यक्षको उम्मेदवार बनेका छन् । उनी शिक्षण पेसासँगै माओवादी केन्द्रमा आवद्ध रहेर राजनीतिमा सक्रिय थिए । जनयुद्धदेखि माओवादी केन्द्रमा सक्रिय रुपमा लागि रहेका उनी हाल राजीनामा दिएर वडाअध्यक्षको उम्मेदवार बनेका हुन् । चौलागाईलाई उम्मेदवार बनाउँदा विजयी सुनिश्चित हुने भएकाले नेकपा माओवादीले समाजवादीबाट उनलाई निर्वाचनमा उठाएको हो । वडा नम्बर ५ को वडाअध्यक्षमा भुवन घिमिरेले उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेका उनीसँग निर्माण क्षेत्रको अनुभव छ ।उनी निर्माण व्यवसायी पनि हुन् । वडा नम्बर ६ का अध्यक्षमा पुष्कर कार्की नेकपा एसबाट उम्मेदवार बनेका छन् । ६५ वर्षका उनी २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षको उम्मेदवार बनेपनि पराजित भएका थिए । कार्कीले अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा दोलखाको वैतेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुमा अधिकांश युवाहरुको वर्चस्व देखिएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा वैतेश्वर गाउँपालिकाको पालिका अध्यक्षदेखि वडाअध्यक्षसम्मका उम्मेदवारहरुमा अधिकांश युवा नेताहरु देखिएका हुन् ।माओवादी केन्द्रबाट उम्मेदवार बनेका ६ जना माओवादी केन्द्रको जिल्ला समन्वय समितिका सदस्य हुन् । उनीहरु वडाध्यक्षका बलियो प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

नेकपा माओवादी केन्द्रका लोकप्रिय युवा नेता मिनकुमार शिवाकोटी वडा नम्बर ७ को वडाध्यक्षमा निर्वाचन लड्दै छन् । २९ वर्षीय शिवाकोटी २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार बनेपनि झिनो मतले पराजित भएका थिए । २०५८ सालमा अखिल क्रान्तिकारीबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०७४ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय सचिव हुँदै हाल वैतेश्वर गाउँपालिकाको पार्टी उपाध्यक्ष एवम् जिल्ला समन्वय समिति सदस्य र वाईसियल बागमती विशेष प्रदेशको अध्यक्षको जिम्मेवारीमा छन् । वडा नम्बर ८ मा तक्त जिरेल वडाअध्यक्षको उम्मेदवारको रुपमा निर्वाचनमा होमिएका छन् । नेकपा माओवादी केन्द्रको राजनीतिमा लामो समयदेखि सक्रिय रहेका उनी जिरेल समुदायका लोकप्रिय नेता हुन् । उनी हाल जिल्ला समन्वय समिति सदस्यको जिम्मेवारीमा छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका ६ जना माओवादी केन्द्रको जिल्ला समन्वय समितिका सदस्य हुन् । उनीहरु वडाध्यक्षका बलियो प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।