images
images

नेकपा माओबादी केन्द्र र नेकपा एसको काठमाडौंमा बृहत भेला, बैतेश्वरमा गठबन्धनका उम्मेदवारलाई विजय गराउने अठोट

  • १७ बैशाख २०७९, शनिबार २०:२०

काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरी वैतेश्वर–काठमाडौं सम्पर्क समन्वय समितिले आज बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी वैतेश्वर–काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको मतदाता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा काठमाडौंमा रहेका वैतेश्वरबासीको उत्साहजनक उपस्थिति रहेको थियो । स्थानीय तह निर्वाचन आउन १३ दिन मात्रै बाँकी रहँदा वैतेश्वरको बाम गठबन्धनले जटिबुटी रोयल व्याङक्वेयटमा बृहत भेला गरेको हो । कार्यक्रममा उम्मेदवारहरुले आ–आफ्नो तर्फबाट केही प्रतिवद्धता व्यक्त गरेका छन् ।स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले घरदैलो अभियानसँगै काठमाडौंमा रहेका मतदाताहरुसँग भेटघाट कार्यक्रमलाई तिव्रता दिएका हुन् ।

नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज देवि खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गठबन्धनको तर्फबाट वैतेश्वर गाउँपालिकामा अध्यक्षका उम्मेदवार लक्ष्मण खड्का र उपाध्यक्षका उम्मेदवार कल्याण दहाल तथा ८ वटै वडाका वडाध्यक्षका उम्मेदवारहरुले आफ्नो परिचय सहित केही प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी वैतेश्वर–काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको मतदाता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा काठमाडौंमा रहेका वैतेश्वरबासीको उत्साहजनक उपस्थिति रहेको थियो । स्थानीय तह निर्वाचन आउन १३ दिन मात्रै बाँकी रहँदा वैतेश्वरको बाम गठबन्धनले जटिबुटी रोयल व्याङक्वेयटमा बृहत भेला गरेको हो ।कार्यक्रममा अवसरमा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि दर्जनौं युवा नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

कार्यक्रमको अवसरमा वैतेश्वर गाउँपालिका वडा नम्बर १ बाट नेपाली कांग्रेस परित्याग गरी साङलाल तमाङ र शंकर तमाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने वडा नम्बर २ बाट नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गर्दै हेमन्त तमाङको नेतृत्वमा १३ जना युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तमाङले वैतेश्वरमा नेपाली कांग्रेसको ज्यादति र स्वतन्त्र रुपले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने भन्दै सवैले रोजेको पार्टी माओवादी नै भएकाले आफुले माओवादी रोजेको बताएका छन् । यस्तै वडा नम्बर ७ मा पनि नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा प्रविन अछामी, कृष्ण उपरकोटी, राजकुमार सार्कि, सरोज उपरकोटी, धन बहादुर सार्की र कमल सार्की रहेका छन् । कार्यक्रमलाई नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् दोलखा जिल्ला देवि खड्का, नेकपा माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेश सरकार वन तथा वातावरणमन्त्री विशाल खड्का, नेकपा एकिकृत समाजवादी दोलखाका अध्यक्ष भीम प्रसाद दहाल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

यसैबीच, आजकै दिन स्वर्गिय नेता पशुपति चौंलागाईको निधन भएको एक वर्ष पुरा भएकाले उनको सम्झनामा वार्षिक श्रद्धाञ्जली कार्यक्रम समेत राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री विशाल खड्काले स्वर्गिय पशुपति चौंलागाईले अपनाएको बाटो वैतेश्वरका जनता भुल्न नहुने बताउनुभयो । चौंलागाईको अपुरो रहेको सपनालाई पुरा गर्ने दायित्वको अहिलेका उम्मेदवारको काँधमा आएको भन्दै उहाँले यसकालाई पनि वैतेश्वरमा चुनाव जित्नैपर्ने बाध्यता रहेको बताउनुभयो । चौंलागाईको कोरोना भाईरस संक्रमण कारण गत वर्ष निधन भएको थियो ।

हेर्नुहोस् भेलाका तस्विरः