रामेछापमा आगो निभाउने क्रममा दुई जना घाईते भएका छन् ।
मन्थली नगरपालिका–११ गेलु काउलेकी ५५ वर्षीया बसुमाया तामाङ र सोही स्थानका ६९ वर्षीय बलबहादुर तामाङ घाईते भएका हुन् । हिजो गेलु काउलेस्थित बझेपाखामा लागेको आगो अचानक स्थानीय कर्णबहादुर लामाको ढुंगा, माटोे र जस्ताले बनेको घरमा सल्किएको थियो । आगलागीमा परि ससुरा बुहारी घाइते भएका हुन् । सोही घरमा लागेको आगो निभाउने क्रममा उनीहरु घाईते भएको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दिनेश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाईते भएकाहरुलाई मन्थली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि किर्तिपुर अस्पताल काठमाडौँ पठाइएको छ । घर र दुई वटा गोठ जलेर नष्ट हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।










