images
images

भक्तपुरमा कारसँग स्कुटर ठोक्कियो, रामेछापका २३ वर्षीय युवकको गयो ज्यान

  • १८ बैशाख २०८१, मंगलवार १०:१९

भक्तपुर । भक्तपुरमा कारसँग स्कुटर ठोक्किँदा रामेछापका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ घर भई हाल माइतीघरमा बस्दै आएका २३ वर्षीय सुजन तामाङ रहेका छन् । हिजो दिउँसो करिब सवा ३ बजे सूर्यविनायक नगरपालिका–५ सृजना नगरमा जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१०३० च ०९९५ नम्बरको कारलाई सोही दिशाबाट जाँदै गरेको बा ७३ प २८३६ नम्बरको स्कुटरले ठक्कर दिँदा चालक तामाङ गम्भीर घाइते भएका थिए ।

घटनापछि उनलाई तत्कालै उद्धार गरी उपचारका लागि मध्यपुरठिमी अस्पतालमा लगिएकोमा उपचारका क्रममा हिजो बेलुकी निधन भएको भक्तपुर प्रहरी परिसरका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक राजन कार्कीले जानकारी दिनुभयो । स्कुटरमा पछाडी सवार २३ वर्षीय राज तामाङको सोही अस्पतालमा उपचारा भैरहेको छ ।